सुदूरपश्चिमका खेलाडीदेखि विश्व कीर्तिमानीले पाए प्रदेश युवा प्रतिभा सम्मान

Dadeldhura hospital

अत्तरिया : सुदूरपश्चिम प्रदेशको प्रदेश युवा परिषद्ले सोमबार ८ जना युवाहरूलाई सम्मान गरेको छ । प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी देखि विश्व कीर्तिमानी सम्मले सम्मान पाएका छन् ।
सम्मान पाउनेहरूमा शरीरका बिभिन्न ७ वटा अङ्गले लेख्न सक्ने मनोज कुमार चन्द, लागूपदार्थ तथा दुब्र्यसनीमा रहेका युवाहरूलाई पुनर्स्थापना गर्दै आएका कल्पिस कुँवर, युवा उद्यमी मानसिंह साउद, अन्तर्राष्ट्रिय खेलाडी प्रकाश कुमार चन्द, पर्यटन व्यवसायी योगेन्द्र बम, आदर्श युवा क्लब, वन्य जन्तुको खोज र वातावरण संरक्षणमा केन्दीत धिरेन्द्र चन्द र विश्व कीर्तिमानी मुकेश जोशीलाई सम्मान गरिएको हो ।

जोशीले १२४ घण्टा २० मिनेट अर्थात् ६ दिन ५ रात निरन्तर बढेर विश्व कीर्तिमान कायम गरेका थिए । उनीहरूलाई मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री लाल बहादुर खड्का र सामाजिक विकास राज्य मन्त्री मना साउदले नगद ३५ हजार सहित दोसल्ला र कदर पत्र प्रदान गरेर सम्मान गरेका थिए ।

Navadurga sun
Godawari sandesh
Loading...