कञ्चनपुरमा विभिन्न मुद्दामा फरार ९ जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा विभिन्न मुद्दामा फरार ९ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले कुटपिट घटनाका तिन महिलासहित ५ फरार प्रतिवादी, सरकारी छाप कीर्ते मुद्दाका ३ जना र लागुऔषध मुद्दाका १ गरि ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

जिल्ला अदालतबाट कुटपिट घटनामा कसुरदार ठहर भई हाल सम्म फरार रहेका माला लखेरा कुटपिट, तरूण लखेरा, हिमांशु लखेरा, आनन्द लखेरा, संगिता लखेरालाई आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिमल बोहरा, सुन्दर चलाउने र बिकास चलाउनेलाई सरकारी छाप कीर्ते मुद्दामा पक्राउ गरेको हो ।

Navadurga sun

त्यस्तै अनमोल शाहलाई लागुऔषध मुद्दामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी प्रकाश डाँगीले जानकारी दिए । यी ९ जनालाई अदालतले जरीवाना तोकेको थियो। ९ जनालाई कञ्चनपुर अदालतमा पेश गरिएको डाँगीले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...