कृष्णपुर नगरपालिकाको १४ औं नगरसभा सम्पन्न, विभिन्न ऐन तथा नियमावलीहरु पारित

अत्तरिया- कृष्णपुर नगरपालिकाको १४ औं नगरसभा (विधेयक अधिवेशन) सम्पन्न भएको छ । नगरसभामा कृष्णपुर नगरपालिकाको समग्र विकास टेवा पुग्ने भनि नगरपालिकाले विभिन्न ऐन तथा नियमावलीहरु पारित गरेका हाे ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यस्तै नगरसभाबाट विभिन्न ऐन तथा नियमावलीहरु सर्वसम्मत पारित भएकामा वन तथा वातावरण संरक्षण ऐन २०८०, संस्था दर्ता ऐन २०८०, नगरपालिकाको मेलमिलाप सम्बन्धि नियमावली २०८०, खानेपानी सरसफाइ तथा स्वच्छता ऐन २०८०, सुरक्षित खानेपानी युक्त समुदाय घोषणा निर्देशिका, स्थानीय तह खानेपानी गुणस्तर अनुगमन कार्यविधि, स्थानीय तहला लागि खानेपानी, सरसफाइ तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली WASH MIS मार्गदर्शन रहेका छन् ।

त्यस्तै नगरसभाबाटै विभिन्न ऐन कार्यविधिहरु संशोधन सहित सर्वसम्मत पारित भएकामा नगर प्रहरी ऐन, न्यायिक समिति कार्यविधि २०७५, छाडा चौपायाको नियन्त्रण तथा व्यवस्थापन निर्देशिका २०७४, आन्तरिक आय (ठेक्का ) बन्दोबस्त सम्बन्धि नियमावली २०७६, शिक्षा सेवा संशोधन नियमावली २०७५, कृष्णपुर नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि २०७५, कृष्णपुर नगरपालिका सहकारी नियमावली र वन ऐन २०७८ रहेका छन् ।

नगरसभाका अध्यक्ष एवं नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Loading...