शिवरात्रीमा बृहत सास्कृतिक कार्यक्रम हुने





अत्तररिया– कैलालीको अत्तरियामा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । थ्रिडिभिएल क्रियसन काण्ड खराबको आयोजानामा २७ गते शिवरात्रीको दिन बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराएको छ ।



कार्यक्रमका बारेमा जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिमका चर्चित देउडा गायक भुवन दाहाल संगै स्थानिय कलाकार र थ्रिडिभिएल क्रियसनका कलाकारहरुले आ–आफ्नो प्रस्तुती रहने बताइएको छ । थ्रिडिभिएल क्रियसनका सचिव एलआर ओझाले कार्यक्रम बिहान १० बजे देखि सुरु भएर साँझ ४ बजे सम्म समाप्त हुने बताए ।


अत्तरिया स्थित लामिताल परिसरमा आयोजना हुने कार्यक्रममा ५ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । साँस्कृतिक कार्यक्रममा थ्रिडिभिएल क्रियसनद्धारा काटिएको चिठ्ठाको पुरस्कार पनि हस्तान्तरण गरिने भएको छ । आर्थिक संकलनका लागि यसअघि थ्रिडिभिएलले १ सय रुपैयाँ बराबरको चिठ्ठा काट्ने अभियान संचालन गरेको थियो ।
जस अन्तरगत हालसम्म ११ सय बढी चिठ्ठा काटिएको आयोजकले बताएको छ । जसमा प्रथम पुरस्कार कम्प्युटर , दृतिय पुरस्कार साईकल र तृतिय पुरस्कार २ हजार बराबरको साधा मोबाईल सेट र अन्य १० जनालाई भित्ते घडी पुरस्कार प्रदान गरिने सचिब ओझाले जानकारी दिए ।



