महिला दिवसको अबसरमा गोदावरी पत्रकार मञ्चद्धारा सेभ हाउसलाई खाध्यान्न सहयोग
गोदावरी पत्रकार मञ्चलाइ सम्मान







अत्तरिया– गोदावरी पत्रकार मञ्च गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई खाध्यन्न सहयोग गरेको छ । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पारेर मञ्चले अनाथ एबम् असहाय महिला तथा बालबालिकाहरुलाई संरक्षण दिदै आएको महिला तथा बालबालिका सेभ हाउसलाई खाध्यन्न सहयोग गरेको हो ।




अत्तरियाका बिभिन्न मिडियामा आबद्ध कृयाशिल पत्रकारहरुलाई समेटेर गठन गरिएको पत्रकार मञ्चको टिमले आफ्नो पहिलो कार्यक्रम स्वरुप सेभ हाउसलाई आज एक औपचारिक कार्यक्रमका बिच चामल, दाल, नुन, तरकारी लगाएतका खाध्यान्न सामाग्रीहरु सहयोग गरेको हो । जसमा २ कट्टा चामल, ३ किलो दाल, नुन २ प्याकेट, ५० किलो आलु, बन्दा गोवी २० किलो, फुल गोवी १० किलो, प्याज ५ किलो र टमाटर ५ किलो र हरियो धनिया सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई हस्तान्तरण गरिएको गोदावरी पत्रकार मञ्चका प्रवक्ता प्रेम बिष्टले जानकारी दिए ।
मञ्चले यस क्षेत्रका समस्याहरुलाई सामुहिक रुपमा उठान गरी सम्बन्धित निकायको ध्यानाकर्षण संगै समस्यामा परेकाहरुलाई सहयोग पनि गर्दै जाने कार्यक्रम अन्तरगत पहिलो कार्यक्रममा खाध्यान्न सहयोग गरिएको उनले बताए । आगामी दिनहरुमा पनि यस्ता खालका सहयोगहरु गर्दै जाने पत्रकार मञ्चले बताएको छ । सहयोग हस्तान्तरण पछि सेभ हाउसकी अध्यक्ष जानकी मलासीले अत्तरियाका पत्रकारहरु एकजुट भएर गठन गरिएको पत्रकार मञ्चले महिला दिवसको अबसरमा आफ्नो संस्थामा आएर सहयोग गरेको भन्दै धन्यवाद दिइन् । उनले संस्थालाई खाध्यान्न र तरकारी अभाव रहेका बेला सहयोग गरेको र आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गरेको बताइन् ।
यस्तै पत्रकार मञ्चलाई आफ्नो तर्फवाट गर्न सकिने सहयोग पूर्ण रुपमा गर्ने उनले प्रतिबद्धता समेत जनाएकी छन् । महिला तथा बालबालिका सेभ हाउसले अहिले ४५ जना अनाथ एबम् असहाय महिला तथा बालबालिकाहरु संरक्षण दिदै आइरहेको छ ।
यसै बिच हालै गठन भएको गोदावरी पत्रकार मञ्चका पदाधिकारीहरुलाइ सेभ हाउसका तर्फबाट स्वागत तथा सम्मान गरिएको छ ।



