राष्ट्रपति रनिङ शिल्ड चैतभित्र सम्पन्न गरिसक्नुपर्ने

बैतडी– बैतडीका स्थानीय तहहरूले अाउँदाे चैत २५ गतेभित्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसक्नुपर्ने भएको छ । जिल्ला खेलकुद विकास समितिले जिल्लाका १० वटै स्थानीय तहलाई पत्र लेख्दै चैत २५ गतेभित्र आफ्नो स्थानीय तहमा प्रतियोगिता सम्पन्न गर्न आग्रह गरेको हो ।

Dadeldhura hospital

राष्ट्रिय खेलकुद परिषद काठमाडौंबाट प्राप्त जानकारी अनुसार १२औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत मसान्तभित्र सक्न निर्देशन दिइएकोले स्थानीय तहमा २५ गतेसम्म सम्पन्न गर्न भनिएको हो । स्थानीय तहमा प्रतियोगिता सम्पन्न भएपश्चात् जिल्ला जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मिति तय हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तर्कराज भट्टले जानकारी दिनुभयो ।

godawari10 Mahila hinsa
Navadurga sun

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० चौथौ संशोधनबमोजिम स्थानीय तहमा रहेका माध्यमिक विद्यालय सहभागी हुनेगरी प्रतियोतिा सम्पन्न गरी प्रतिवेदन जिल्ला खेलकुद विकास समितिमा बुझाउन पत्रमा भनिएको छ ।

प्रतियोगितामा सम्वन्धित स्थानीय तहका माध्यमिक तहमा नियमितरूपमा अध्ययनरत १८ वर्षमुनिका छात्र–छात्राले सहभागी हुन पाउनेछन् । स्थानीय तह रनिङ शिल्ड प्रतियोगितामा छात्र–छात्रालाई भलिबल, कबड्डी, एथ्लेटिक्स, कराते , तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्प्रर्धा गराइने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

Loading...