कृष्णपुरका मेयर हमालले शनिबार काम गरेको भन्दै कार्यालयबाटै लखेटे कर्मचारीलाई

अत्तरिया, १२ असार- कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कणर्बहादुर हमालले शनिबार कार्यालयमा काम गर्न आएका कर्मचारीलाई अपशब्द प्रयोग गर्दै कार्यालयबाट लखेटेका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंह लगायतको टोलीलाई मेयर हमालले अपशब्द प्रयोग गर्दै कार्यालयबाट लखेटेका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

कर्मचारी सिंह सहितको टोली सुदूरपश्चिम कृषि विकास निर्देशनालयको अनुदान मेसिनरी औजार वितरण कार्यक्रम अन्तर्गत शनिबार किसानसँग सम्झौता गर्न गएको थियो । ‘मलाई ज्ञान केन्द्रले कृषि निर्देशनालय अन्तर्गतको मेसिनरी औजार वितरण कार्यक्रम अन्तर्गत काजमा खटाएर किसानसँग सम्झौता गर्न पठाएको हो,’ सिंहले भने— ‘कार्यालयमा आएर कृषि शाखामा किसानलाई फारम वितरण गरिरहेका बेला मेयर साप आएर गाली गर्दै बाहिर पठाइदिनुभयो ।’ मेयर हमालले शनिबार काम गर्न नपाउने भन्दै आफूहरुलाई लखेटेको उनको भनाइ छ । नगरपालिकालाई कार्यक्रमका बारेमा दश दिन पहिले नै जानकारी दिइसकेको भएपनि अहिले आएर यस्तो कार्य भएको उनले बताए ।

Navadurga sun
Godawari sandesh

उनले आफ्नो कार्यक्रमबारे नगरपालिकाको कृषि शाखाको बाहिर सूचना समेत टाँस गरेको उनले बताए । मेयर हमालले कार्यालयबाट बाहिर लखेटेपछि नजिकै रहको इलाका हुलाक कार्यालयमा बसेर सम्झौता गरेर फर्किएको उनले जानकारी दिए ।

Couple
Loading...