नेपाल-भारत सीमामा तारबार लगाउनै पर्छ : सांसद तामाङ

धनगढी, ३० जेठ– सुदूरपश्चिमका प्रदेशका प्रदेश सभा सदस्य ताला लामा तामाङले नेपाल–भारतको सीमा क्षेत्रमा तारबार लगाउनपर्ने बताएका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

प्रदेश सभाको आठौँ अधिवेशनको औं बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै सत्तारुढ एमालेका सांसद तामाङले सीमावर्ती क्षेत्रमा भारतको ज्यादती बढेको भन्दै यस्तो बताएका हुन् । ‘अहिले पनि हुलाकी सडकमा काम गर्दा भारतीय सुरक्षाकर्मी आएर डराउने र धम्काउने काम गर्दै आएका छन्,’ तामाङले भने, ‘कञ्चनपुरदेखि दार्चुलासम्म कतै पनि सीमा व्यवस्थित नभएको हुँदा ठूलो बजेट लगानी गरेर संरचना निर्माण गर्न नसके पनि तारबार त गर्नैपर्छ ।’ तारबार गर्दैमा भारतसँग नराम्रो व्यवहार नहुने उनको भनाइ छ । ‘तपाईं हामी सधैसँगै बस्ने दाई-भाई छुट्दा त घरमा पर्खाल लगाउँछौ ।

Navadurga sun
Godawari sandesh

राष्ट्रियतासँग जोडिएको विषयमा हामीले यो कदम उठाउनैपर्छ,’ तामाङले भने । उनले नेपाल–भारत हुने आवतजावतलाई व्यवस्थित बनाउनका लागि पनि सीमामा तारबार आवश्यक रहेको बताए । तामाङ कञ्चनपुरबाट निर्वाचित सासंद हुन् । उनको निर्वाचन क्षेत्रमा पनि भारतले पटक(पटक ज्यादती गर्दै सीमा मिच्ने गरेको छ । अहिले पनि हुलाकी राजमार्गको निर्माणमा भारतीय पक्षले अवरोध गरिरहेको छ ।

Couple
Loading...