कञ्चनपुरको मटेनाबाट लागु औषध सहित ३ जना पक्राउ

Dadeldhura hospital

कञ्चनपुर, २९ जेठ- कञ्चनपुर प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौर बस्ने २७ वर्षीय टेक बोहरा, भीमदत्त नगरपालिका वडा नं. ६ ऐठपुर बस्ने १८ वर्षीया पवित्रा क्षेत्री र वेदकोट नगरपालिका वडा नं. २ बस्ने २१ वर्षीय ओमप्रकाश भट्टलाई पक्राउ गरेको हो ।

भीमदत्त नगरपालिका वडा नं. ९ मटेना भन्ने ठाउँमा बसिरहेका तीनै जनाको साथबाट ६.०२ ग्राम लागु औषध चरेस जस्तो देखिने कालो पदार्थ समेत बरामद गरिएको छ । तीन जनामाथि कानुन बमोजिम थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

Loading...