अत्तरियामा फागुन १ गतेवाट सुरु भएको डान्स च्याम्पियनसिप सम्पन्न

प्रतियोगितामा ११ जना प्रतिस्पर्धिलाई पछि पार्दै रोहिनी कुवंर प्रथम

अत्तरिया- कैलालीको अत्तरियामा डान्स च्याम्पियनसिप भब्यताका साथ सम्पन्न भएको छ । गोदावरी नगरपालिका-२ पहाड रोडको डिडि कम्प्लेक्समा रहेको वान वे डान्स क्याम्पको आयोजनामा यहि फागुन १ गतेवाट सुरु भएको डान्स च्याम्पियनसिप आज (शनिबार) एक भब्य समारोहका बिच सम्पन्न भएको हो ।

३ राउन्डमा विभाजन गरी सञ्चालन गरिएको प्रतियोगितामा रोहिनी कुवंर प्रथम भएकी छन् । उनले फाईलमा पुगेका ११ जना प्रतिस्पर्धिलाई पछि पार्दै प्रथम हुन सफल भएकी हुन् । प्रथम भएसंगै उनले नगद रु १० हजार सहित ट्रफि र प्रमाण पत्र हात पारेकी छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

यस्तै सो प्रतियोगितमा ववी सिंह दृतिय र भावना खत्री तृतिय भएका छन् । उनीहरुले क्रमश ५ हजार र ३ हजार नगद सहित ट्रफि र प्रमाण पत्र हात पारेका छन् । बितजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा गोदावरी नगर कमिटि अध्यक्ष गोकणर् भट्ट , अतिथी गोदावरी चेम्बर अफ कर्मशका अध्यक्ष बिनोद मल्ल र हट प्लेट रेटुरेन्टका संचालक दिपेन्द्र बिष्टले चेक हस्तान्तरण गरेका थिए ।

५० जना प्रतिस्पर्धि सहभागीमा उक्त प्रतिगोगिमा सुरुको अडिसन राउण्डमा ३५ जना छनौट भएका थिए भने ति मध्यवाट कोरियोग्राफि राउण्डमा ११ जना छनौट भएका थिए ।

अत्तरिया स्थापना भएको २ महिनाको अबधिमा क्याम्पमा भित्रका विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागी प्रतियोगीता आयोजना गरिएको आयोजक वान वे डान्स क्याम्पका संचालक नरेश बिसीले बताए । कार्यक्रममा बिभिन्न सामाजिक संघ संस्थाका अध्यक्ष र पदाधिकारीहरु सहभागी रहेका थिए ।

Loading...