गेटामा विश्वविद्यालय सञ्चालनका लागि शखं र सिट्टी बजाएर प्रदर्शन, भोली अत्तरिया प्रदर्शन गरिने

अत्तरिया- कैलालीको गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालनको लागि माग गर्दै सुदूरपश्चिम प्रदेश सभा अगाडी विरोध प्रदर्शन गरिएको छ ।

शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सघर्ष समितिको आयोजनामा प्रदेश सभा अगाडि शङ्ख र सिटी बजार विरोध प्रदर्शन गरिएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

गेटामा विश्वविद्यालय स्थापना गर्ने गत माघ २९ गतेको निणर्यअनुसार विश्वविद्यालयको विधेयक प्रतिनिधि सभाको चालु विधेयकबाट पारित गर्न, ६ सय शय्याको अस्पताल आगामी आर्थिक वर्षभित्र सञ्चालन गर्न र प्रदेश सभाबाट विश्वविद्यालय सञ्चालनका लागि संकल्प प्रस्ताव पारित गर्नुपर्ने माग संघर्ष समितिले राखेको छ । जेठ १५ को बजेट व्यक्तव्यमा गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने सरकराको २०७९ माघ २९ को निणर्य विपरीत प्रतिष्ठान चलाउने कुरो आएपछि सुदूरपश्चिममा निरन्तर आन्दोलन भइरहेको छ ।

त्यस्तै गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै भोलि शनिवार अत्तरियामा प्रदर्शन गरिने भएको छ । विश्वविद्यालय सञ्चालन विरुद्ध अभिव्यक्ति नदिन खबरदारी गर्दै अत्तरिया चोकबाट जुलुस निकालेर बसपार्कमा विरोध सभा गरिने संघर्ष समितिका सचिव धर्मसिंह कुँवरले बताए ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो), सह-संयोजक आनन्दराज भट्ट र सचिव धर्मसिंह कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्वविद्यालय विरुद्ध अभिव्यक्ति नदिन चेतावनी दिइएको छ।

Loading...