गोदावरी एफ एमले आफ्नो १० औँ बार्षिक उत्सव मानब सेवा आश्रममा मनायो

अत्तरिया, २८ जेठ– सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरियामा रहेको गोदावरी एफ .एम ८७.९ मेघाहर्जले आफ्नो १० औँ बार्षिक उत्सब मानब सेवा आश्रमा गएर मनाएको छ ।

गोदावरी मिडिया प्रा.ली द्वारा सन्चालित गोदावरी एफ एमले आफ्नो प्रसारणको १० बर्ष यात्रा सफल रुपमा पुरा गरी ११ औँ बर्षमा प्रवेश गरेको अबसरमा सडकमा बेसहारा जिवन बिताइरहेका मानबहरुलाई आश्रय दिदै आएको धनगढी उपमहानगरपालिका वडा नं ५ तारानगरमा रहेको मानव सेवा आश्रममा रहेका ६० जनालाई साझँको खाना खुवाएर बार्षिक उत्सब मनाएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

गोदावरी एफ एमका प्रबन्ध निर्देशक गोविन्द रोश्यारा र उनकी पत्नी डम्मरी उपाध्यायले आश्रममा रहेका सहयोगापेक्षी सडक मानबहरुलाई आफ्नै हातवाट एक छाक खाना खुवाएका हुन् । कोरोना महामारी र जारी निषेधाज्ञाका कारण कुनै औपचारिक कार्यक्रम गर्न नसेपनि एफ एमले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत मानब सेवा आश्रममा पुगेर त्यहाँ रहेका सबैलाई खाना खुवाउने कार्यक्रम राखेको प्रबन्ध निर्देशक गोविन्द रोश्याराले बताए । उनले रेडियोको माध्यामवाट अप्रत्यक्ष रुपमा आफ्नो दायित्व पुरा गर्दै आए पनि प्रत्यक्ष रुपमा पुगेर यसरी सहयोग गर्न पाउदाँ निकै खुसी लागेको बताए । उनले सडकका बेसाहारा जिवन बितराइरहेकाहरुको संरक्षण सम्बद्धन गर्नु राज्यको दायित्व भएपनि मानव सेवा आश्रमले गरिरहको प्रति मानव सेवा आश्रमलाई धन्यवाद समेत दिएका छन् ।

एक मानव भएर अर्का मानवको रक्षा गर्नु हामी सबैको दायित्व भएकाले अन्यलाई पनि आश्रममा पुगेर आ आफ्नो ठाउँवाट सहयोग गर्न उनले आग्रह गरे । २०७५ सालमा ८ जनावाट सुरु भएको मानव सेवा आश्रममा हाल ६० जना रहेका छन् । देशभरका १६ जिल्लाका २५ स्थानमा रहेको मानव सेवा आश्रममाले यसै बर्ष भित्रै पुरै देशलाई सडक मानवमुक्त बनाउने लक्ष्यका साथ काम गरिरहेको छ ।

२०६७ साल भाद्रमा दर्ता भएर मंसिरमा एफ .एमले सन्चार मन्त्रालयबाट प्रसारण अनुमती पाएको थियो । तर एफ एमले आफ्नो नियमित प्रसारण भने २०६८ जेठ २८ गते देखी गरेको हो । सोही दिनलाई एफ.एमले हरेक बर्ष आफ्नो बार्षीकोत्सबको रुपमा मनाउँदै आएको छ । ५०० वाट क्षमतामा प्रसारण हुँदै आएको एफ एमले समाचार मनोरन्जन लगाएतका बिबिध कार्यक्रम दैनिक १८ घन्टा प्रसारण गर्दै आएको छ ।

Loading...