अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–९ मा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन्।
बिहीबार राति स्थानीय ६० वर्षीय नन्दराम कठायत मृत अवस्थामा फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार कठायतको शव धनचौरी–धनगढी भित्री सडकको किनारमा फेला परेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
