रसुवा बाढीपीडितका लागि कञ्चनपुर उद्योग वाणिज्य संघको ५ लाख २५ हजार सहयोग

कञ्चनपुर- रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुर उद्योग वाणिज्य संघले ५ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।

विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा व्यवस्थापनमा थप सहयोग पु¥याउने उद्देश्यले राहत रकम उपलब्ध गराउने निर्णय गरिएको संघका महासचिव राहुल भट्टले जानकारी दिए।

Navadurga sun

विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको सामाजिक उत्तरदायित्व भएकाले संघले राहत रकम उपलब्ध गराउन लागेको भट्टले बताए। संघका पदाधिकारी तथा कार्यसमिति सदस्यको सहयोगबाट संकलन भएको रकम प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा खर्च गरिने उनले जानकारी दिए।

“संघको तर्फबाट तथा पदाधिकारी र कार्यसमिति सदस्यको सहयोगबाट संकलन भएको पाँच लाख २५ हजार रुपैयाँ प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेका छौँ,” महासचिव भट्टले भने।

प्राकृतिक विपद्का कारण मुलुकमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले रकम प्रदान गर्न लागिएको उनले बताए। निजी क्षेत्रको सहयोगले विपद्का कारण समस्यामा परेका परिवारलाई तत्कालीन राहत तथा आवश्यक सामग्री व्यवस्थापनमा केही सहजता पुग्ने संघको अपेक्षा छ।

कञ्चनपुर उद्योग वाणिज्य संघले यसअघि पनि विपद् तथा मानवीय संकटका बेला आवश्यक सहयोग गर्दै आएको जनाएको छ।

यसैबीच, बिहीबार बसेको संघको बैठकले महिला उद्यम समिति पनि गठन गरेको छ। संघका कार्यसमिति सदस्य सरिता भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...