धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा कञ्चनपुरका गोकर्णप्रकाश भट्टलाई नियुक्त गरेको छ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यस्तै, आयोगको सदस्यमा दार्चुलाका गंगादत्त जोशी र कञ्चनपुरका डा. हीरा चन्दलाई नियुक्त गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिए।

उपाध्यक्षमा नियुक्त भट्ट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र सदस्यद्वय जोशी तथा चन्द नेकपा एमालेको कोटाबाट नियुक्त भएका हुन्।
प्रदेश नीति तथा योजना आयोग पाँच सदस्यीय हुने व्यवस्था रहेकामा हाल तीन जना नियुक्त भएका छन्। आयोगमा अझै दुई सदस्य नियुक्त हुन बाँकी रहेको प्रदेश सरकारले जनाएको छ।
