सुदूरपश्चिममा थप ६१० जनामा कोरोना पुस्टि, १६ जना संक्रमितको मृत्यु, १५० जनाले कोरोना जिते





अत्तरिया, १० जेठ- पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा १ हजार ३८५ जनाको नमूना पीसीआर तथा ६२४ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन् । दुवै विधिबाट कूल २ हजार ९ नमूना परीक्षण गर्दा ६१० जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।



कैलालीका ६ जना, कञ्चनपुरका ६, बझाङका २ जना, डडेल्धुरा र अछामका १/१ जना गरी सोमबार १६ जनाको मृत्यु भएको सुदूपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्दा ४९१ जना संक्रमित भेटिएका छन् भने, ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ११९ जनामा संक्रमण पुस्टि भएको छ ।


सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ७५२ नमूना परीक्षण गर्दा २७३ जना, डडेल्धुरा अस्पतालमा ८३ नमूना परीक्षण गर्दा २५ जना, बझाङ्ग अस्पतालमा १४२ नमूना परीक्षण गर्दा ३४ जना र अछामको कमलबजार अस्पतालमा १२० जनाको नमूना परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुस्टि भएको हो । हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख १२ हजार ८ सय ७० नमूना परीक्षण गर्दा ३५ हजार ११९ जनामा संक्रमण फेला परेको छ ।



