सङ्क्रमण निको हुने दर ७५.१ प्रतिशत

कोरोना सङ्क्रमणका कारण तीन चिकित्सकको मृत्यु

काठमाडौँ, ६ जेठ– पछिल्लो २४ घण्टामा आठ हजार ३०५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन बिधिबाट कूल २२ हजार ८७ मा गरिएको परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। मन्त्रालयको विवरणअनुसार २१ हजार ६९५ पिसिआर परीक्षण गरिएको थियो भने ३९२ एन्टिजेन परीक्षण गरिएको थियो। छ हजार ५४३ जना भने निको भएका छन्।

Ganyapdhura gau

नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित १९० को निधन भएको छ। आजको विवरणसहित हालसम्म कूल पाँच हजार ८४७ को निधन भएको छ। कूल चार लाख ८८ हजार ६४५ कोरोना पोजेटिभ हुँदा तीन लाख ६६ हजार ९४६ जना भने निको भएका छन् । यस आधारमा निको हुने दर ७५।१ प्रतिशत रहेको छ। कोरोनाको दोस्रो लहरपछि कोरोना पोजेटिभ हुनेको सङ्ख्या एक लाख १५ हजार ८५२ पुगेको मन्त्रालयले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार ३८९ रहेका छन्। कुल एक लाख ४६ हजार २८६ निको हुँदा एक हजार ३२६ जनाको निधन भएको छ । भक्तपुरमा चार हजार ७८३ सक्रिय सङ्क्रमित छन् भने १२ हजार ४७३ निको भएका छन्।

यस्तै २६२ को मृत्यु भएको छ। ललितपुरमा छ हजार ८९५ सक्रिय सङ्क्रमित छन् भने २२ हजार १३ जना निको भएका छन्। सो जिल्लामा ३४७ को मृत्यु भएको छ।

तीन चिकित्सकको मृत्यु :
कोरोना सङ्क्रमणका कारणले हालसम्म तीन चिकित्सकको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सङ्क्रमणबाट कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने क्रममा डा.ईश्वरलाल आचार्य, डा.मुकेश चौधरी र डा. पुज्याश्री कार्कीको निधन भएको बताए।

मन्त्रालयले ती दिवंगत चिकित्सक प्रति गहिरो दुःख व्यक्त गरेको छ । हालसम्म सङ्क्रमबाट पाँच हजार ८४७ को मृत्यु भइसकेको छ। (रासस)

Couple
Loading...