कैलालीका व्यवसायी अवस्थीको मृत्यु



अत्तरिया, २० बैशाख– कैलालीको गोदावरी नगरपालिका वडा नं. १ का ४५ बर्षीय प्रेम अबस्थीको मृत्यु भएको छ । आज मध्यानह स्वास्थ्यमा समस्या आएपछि अत्तरियाको पद्मा अस्पताल पुगाइएको थियो । अस्पतालमा स्लाइन चढाएपछि घर फर्किएका उनलाई फेरी समस्या भएपछि अस्पताल लगिएको थियो । त्यसपछि उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो ।


उनमा प्रेसेरको समस्या रहंदै आएको थियो । उनका एक छोरा र एक छोरी छन् । उनी अत्तरियाका युबाहरु माझ लोकप्रिय थिए । विगतमा हार्डवेयर व्यवसायी रहेका उनी अहिले कैलालीको तेघरीमा विद्यालय सञ्चालन गरिरहेका थिए। उनी अत्तरिया उद्योग वाणिज्य संघका सल्लाहकार पनि हुन् । उनी अत्तरियामा रहेको श्रीजनशिल युबा क्लबका संस्थापक सदस्य पनि हुन ।



