थ्रीडीभिएल क्रियसनको कार्यालय अत्तरियामा स्थापना

थ्रीडीभिएल क्रियसनले हाल काण्ड खराब कमेडी सिरियाल युटुव मार्फत देखाउदै आएको छ

अत्तरिया- सामाजिक संस्था थ्रीडीभिएल क्रियसनले अत्तरियामा आफ्नो कार्यालय स्थापना गरेको छ । गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा स्थापना गरिएको कार्यालयको नयाँ बर्षको अबसरमा आज एक कार्यक्रमका बिच नेपाल चिकित्सक संघका पूर्व केन्द्रिय महानिर्देशक तथा समाजसेवी डाक्टर लक्ष्मीराज पाठकले उद्घाटन गरेका हुन । कार्यालयको उद्घाटन पश्चात बोल्दै डाक्टर पाठकले युवाहरु एकताबद्ध भई निरन्तर सामाजिक कार्यमा अग्रसर संस्थाले आफ्नो छुट्टै कार्यालय स्थापना गर्नु निकै खुसीको कुरो रहेको बताए ।

Navadurga sun

उनले समाज परिवर्तनमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भएकाले अहिले समाजलाई उर्जावान युवाको खाचो रहेको बताए । उनले एक्लै केही पनि काम गर्न नसकिने भएकाले सबैलाई यसरी नै एकजुट भएर अघि बढ्न सुझाव दिए । कार्यक्रममा बोल्दै थ्रीडीभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले कार्यालय स्थापना पछि आफुहरुलाई दैनिक काम गर्न सहज हुने बताए । बिगत १ बर्ष देखि निस्वार्थ रुपमा बिभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको थ्रीडीभिएल क्रियसनको आफ्नै कार्यालय स्थापना भएपछि अब यस कार्यमा थप युवाहरुलाई जोडेर काम गर्न सहज हुने बताए । थ्रीडीभिएल क्रियसनले हाल काण्ड खराब कमेडी सिरियाल युटुव मार्फत देखाउदै आएको छ ।

कार्यालय स्थापना कार्यक्रममा दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाका प्रमुख डम्बर पाल, शिक्षक लिलाधर बास्कोटा, प्लानेट भिटी कम्युटर अत्तरियाका संचालक पुस्कर शर्मा जोशी, अत्तरिया जेसिजका अध्यक्ष पदमराज ओझा, समाजसेवी यशोदा भट्ट, तपराज ओझा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिब एलआर ओझाले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...