गोदावरी नगरपालिका-२ मा तेघरी युनाइटेड युथ क्लब दर्ता, अध्यक्षमा महरा

अत्तरिया- गोदावरी नगरपालिका वडा नं. २ तेघरिमा युवा क्लब तेघरी युनाइटेड युथ क्लब दर्ता भएको छ । अध्यक्षमा निर्बिरोध सुरेस महरा चयन भएका छन् ।

स्थानीय युबाहरुको पहलमा युबाहरुलाई सामाजिक तथा खेलकुद क्षेत्रमा अग्रसर गराउने उद्देश्यका साथ क्लब दर्ता गरेको क्लबका अध्यक्ष महराले बताए ।

Navadurga sun

समितिका सदस्य हरि महराका अनुसार तदर्थ समिति पहिले नै गठन भएतापनि केहि प्राविधिक कारणले दर्ता गर्न सकेका थिएनौ अहिले दर्ता भयो खुसि छौ महराले बताए ।

युबा क्लबको उपाध्यक्षमा वीर बहादुर महरा, सचिवमा हिरा महरा, सहसचिवमा पदम महरा, कोषाध्यक्षमा कृष्णराज ओझा, सदस्यमा हरि महरा, धन बहादुर बोहरा, दिपेस महरा, बिसाल महरा, बिर्केस महरा, प्रकाश महरा, दुर्गा महरा, गणेश बाहादुर कडायत लगायत १३ सदस्य कार्य समिति गठन गरिएको हो । साथै समितिले ५ सदस्य सल्लाहकार समिति पनि गठन गरेको छ जस्को संयोजकमा यज्ञ बाहादुर महरा, सदस्यहरुमा खेमराज ओझा, गजेन्द्र महरा, रमेश बहादुर बलायर, पदम बहादुर महरा रहेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...