पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं- नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा देशभरका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

Navadurga sun

त्यस्तै, देशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ADD Khali jpg
Loading...