गाउँपालिका अध्यक्ष रावलको निधनमा ५ दिन सार्बजनिक बिदा





कैलाली- जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको मस्तिष्क घातका कारण निधन भएकोले गाउँपालिकाले पाँच दिन सार्वजनिक बिदा दिने निणर्य गरेको छ ।



मंगलबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले अध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै चैत १८ गतेदेखि २२ गतेसम्म यस गाउँपालिका भित्र रहेका सरकारी र गैरसरकारी कार्यालय लगायत बिद्यालयहरु समेत बन्द गर्ने निणर्य गरेको हो ।


उक्त आकस्मिक बैठकले १० दिनसम्म यस गाउँपालिका भित्र रहेका सम्पूणर् सरकारी कार्यालयहरु र बिद्यालयहरुमा रहेको राष्ट्रिय झण्डा आधा झुकाउने निणर्य भएको प्रेस बिज्ञप्ती मार्पmत जानकारी गराइएको छ ।
अध्यक्ष रावलको उपचारमा लागेको आठ लाख र अन्त्यष्टिमा लाग्ने खर्च समेत गाउँपालिकाले ब्यहोर्ने निणर्य समेत गरिएको छ ।
७७ वर्षीय अध्यक्ष रावलको मंगलबार बिहान काठमाडौको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।



