कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी- कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानी स्थित टुक्की बजारबाट अवैध लागूऔषध खैरो हिरोइन १३० मिलिग्रामसहित कालिकोट खाँडाचक्र नगरपालिका–३ बस्ने २९ वर्षीय जगदिश पाण्डे पक्राउ परेका हुन्।

Navadurga sun

पाण्डेलाई इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

ADD Khali jpg
Loading...