एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै, कसले मार्ला बाजी?

६ अंकसहित तेस्रो स्थानमा रहेको सुदूरपश्चिम जित निकाल्दै प्लेअफ यात्रा बलियो बनाउने दाउमा, ४ अंक जोडेको जनकपुरलाई अस्तित्व जोगाउन जित्नैपर्ने दबाब

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुने खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।

Navadurga sun

यस संस्करणमा सुदूरपश्चिम रोयल्सले ५ खेलबाट ३ जित र २ हारसहित ६ अंक जोडेको छ। अंकतालिकामा तेस्रो स्थानमा रहेको सुदूरपश्चिम आजको खेल जित्दै प्लेअफ यात्रालाई थप बलियो बनाउने लक्ष्यमा हुनेछ।

यता जनकपुर बोल्ट्सले ५ खेलबाट २ जित र ३ हारसहित ४ अंक जोडेको छ। अंकतालिकाको पाँचौँ स्थानमा रहेको जनकपुरलाई प्लेअफको सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब छ।

सुदूरपश्चिमका लागि जितले प्लेअफ यात्रा सहज बनाउनेछ भने जनकपुरका लागि यो खेल अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने महत्त्वपूर्ण अवसर हुनेछ।

दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रिने भएकाले आजको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

ADD Khali jpg
Loading...