नेपालको गौरवको रुपमा रहेको झण्डामाथी प्रहार





प्रकाश बहादुर बोहरा
अत्तरिया, १६ चैत- सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरीमा आकर्षकका रुपमा रहेको काठे पुलको बिचमा राखिएको नेपालको झण्डा हिजा राती करिब १२ देखि १ बजेको समयमा केही अपरिचित व्यक्तीहरुले रड बंगाई झण्डा निकालेर फालेका छन् ।



नेपालको राष्ट्रको रुपमा परिचित, नेपालको शान तथा गौरवको रुपमा रहेको नेपालको झण्डा फालिएको अवस्था फेला परेको थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले बताए ।


उक्त बंगाएको रडमा झण्डा लगाईदिँदा झुकिएको झण्डा हुने भएकोले त्यसलाई ठिक अवस्थामा ल्याएरमात्र पुनः झण्डालाई फेरी स्थापना गर्ने बताएका छन् । तत्काल अहिले होलि चलिरहेकोले होली पश्चात उक्त रडलाई मर्मत गरी फेरी त्यसमा नेपालको झण्डा लगाउने बताए ।
यसअघि उक्त झण्डा थ्रिडिभिएल क्रियसनकै पदाधिकारीहरु मिलि संयुक्त रुपमा राम्रो सन्देश जाओस भनि पृथ्वी जयन्तीको अवसर पारी झण्डा काठेपुलको बिचमा लगाएका थिए ।



