युवाहरुविच झडप, २ जनाको मृत्यु





बागलुङ – बागलुङ र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई स्थानका युवाहरुविच झडप भएको छ । उक्त झडपमा परी २ जनाको ज्यान गएको छ ।



मृत्यु हुनेमा निसिखोला गाउँपालिका वडा नं. ७ राजकुतका अन्दाजी ३६ वर्षिय प्रकाश कुँवर र २९ वर्षिय दिपक दमाई रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।


मृतकको घटनास्थल नजिकै भिरमा शव भेटिएको थियो । बडिगाड गाउँपालिका वडा नं. १० दर्लिङ र निसिखोला गाउँपालिका वडा नं. ७ राजकुत युवाहरु विच विवाद हुँदा भएको झडपमा १० जना वढि सम्पर्क विहिन भएको निसिखोला गाउँपालिका वडा नं. ७ का अध्यक्ष तेजेन्द्र विक्रम कुँवरले बताए ।



