भोटेकोशी बाढीको कहर : मृतकको संख्या १,२९० पुग्यो, ४,७९८ अझै बेपत्ता

१,१४१ शवको पहिचान हुन बाँकी, ८ हजारभन्दा बढीको उद्धार

काठमाडौं- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म १ हजार २९० जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार विपद्मा परी अझै ४ हजार ७९८ जना बेपत्ता रहेका छन्।

प्रहरीका अनुसार फेला परेका शवमध्ये ४२७ पुरुष, २५० महिला, ३४ बालक र ४५ बालिका रहेका छन्। यस्तै, ५३२ वटा मानव शरीरका आंशिक अङ्ग समेत फेला परेका छन्। अस्पतालमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Navadurga sun

हालसम्म फेला परेका शवमध्ये ९२६ वटाको व्यवस्थापन गरिसकिएको छ। तर, ठूलो संख्यामा शव तथा मानव अङ्ग फेला परिरहेको र धेरै मानिस अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

४ हजार ७९८ जना बेपत्ता

विपद्मा परी हालसम्म ४ हजार ७९८ जना बेपत्ता रहेको प्रहरीको तथ्याङ्क छ। बेपत्ता हुनेमा २ हजार ८४७ जना नेपाली नागरिक र ६०१ जना विदेशी नागरिक रहेका छन्।

त्यसैगरी, १ हजार ३५० जनाका सम्बन्धमा फोनमार्फत जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। विपद्को जोखिममा परेका नागरिकको खोजी तथा उद्धारका लागि सुरक्षा निकायहरू परिचालन भइरहेका छन्।

८ हजारभन्दा बढीको उद्धार

सुरक्षाकर्मीको सक्रियतामा हालसम्म ८ हजार १२७ जनाको सफल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ६ हजार ९०९ पुरुष र २ हजार ४७२ महिला रहेको प्रहरी तथ्याङ्कमा उल्लेख छ।

बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप तीव्र बनाइएको प्रहरीले जनाएको छ।

१,१४१ शवको पहिचान हुन बाँकी

फेला परेका शवमध्ये अझै १ हजार १४१ जनाको पहिचान हुन सकेको छैन। पहिचान प्रक्रिया अघि बढाउन प्रहरीले मृतक तथा उनीहरूका आफन्तबाट डीएनए नमुना संकलन गरिरहेको छ।

प्रहरीका अनुसार पहिचानका लागि मृतकका १ हजार १४३ र आफन्तका ७१९ गरी कुल १ हजार ८६२ वटा डीएनए नमुना संकलन गरिएको छ।

पहिचान हुन नसकेका शवहरूको विवरणसमेत प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। यसबाट आफन्त तथा परिवारजनलाई बेपत्ता व्यक्तिको खोजी तथा पहिचान प्रक्रियामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भोटेकोशी बाढीपछि सिर्जित मानवीय संकट गहिरिँदै गएसँगै बेपत्ता नागरिकको खोजी, शवको पहिचान तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा सम्बन्धित निकायहरू निरन्तर परिचालन भइरहेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...