रसुवा–भोटेकोशी बाढीपीडितका लागि खड्काद्वारा एक लाख एक हजार पाँच रुपैयाँ सहयोग

अत्तरिया- रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि शाही युवा शक्ति सुदूरपश्चिम क्षेत्रका संयोजक तथा पी.जी. वाटर इण्डष्ट्रीजका प्रोप्राइटर राजबहादुर खड्काले रु. १ लाख १ हजार १ सय ५ रुपैयाँ सहयोग गरेका छन्।

खड्काले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री कोषमार्फत उक्त रकम सहयोग गरेका हुन्।

Navadurga sun

प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति व्यहोरेका रसुवा–भोटेकोशी क्षेत्रका प्रभावित परिवारलाई राहत उपलब्ध गराउने अभियानमा सहयोग गर्दै खड्काले सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरेका छन्।

बाढीपीडितका लागि सरकार, विभिन्न संघसंस्था, व्यवसायी तथा सर्वसाधारणबाट सहयोग जुटिरहेको समयमा खड्काले गरेको आर्थिक सहयोगले पीडित परिवारको राहत तथा पुनःस्थापनामा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...