मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

कञ्चनपुर- मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

बेदकोट नगरपालिका–६ सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान गौरसिंह महराको मृत्यु भएको हो। से ३ प ५२७४ नम्बरको मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–९ सुन्दरपुरका ६० वर्षीय  महराको मृत्यु भएको प्रहरीले जनाएको छ।

Navadurga sun

बेदकोट नगरपालिका–९ का ४० वर्षीय गगनसिंह महराले चलाएको मोटरसाइकल अनियन्त्रित भई पैदलयात्रु डडेल्धुराको अजयमेरु गाउँपालिका–५ का २१ वर्षीय यज्ञ ठगुन्ना घाइते भएका छन्। दुर्घटनामा परी गम्भीर घाइते महराको महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए।

थापाले भने, “मोटरसाइकल चालक छोरा र मृतक महरा बाबु÷छोरा हुन् ।” प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...