अत्तरियामा उद्योगी–व्यवसायीका लागि कर नीति सम्बन्धी तालिम तथा परामर्श कार्यक्रम हुने

अत्तरिया- अत्तरिया उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय धनगढीको संयुक्त आयोजनामा गोदावरी नगरपालिका क्षेत्रभित्रका उद्योगी तथा व्यवसायीहरूका लागि कर नीति सम्बन्धी तालिम तथा परामर्श कार्यक्रम सञ्चालन हुने भएको छ।

सरकारको वर्तमान कर नीति सम्बन्धी जानकारी गराउने र व्यवसायीहरूलाई आवश्यक परामर्श दिने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

Navadurga sun

अत्तरिया उद्योग वाणिज्य संघका अनुसार कार्यक्रम यही साउन ३० गते शनिबार बिहान ८ बजे देखि १० बजे सम्म अत्तरिया उद्योग वाणिज्य संघको कार्यालय, वनखेत कैलालीमा आयोजना गरिने उक्त सूचनामा उल्लेख गरिएकाे छ ।

संघकी कार्यालय प्रमुख निर्मला पनेरूद्वारा जारी सुचना अनुसार गोदावरी नगरपालिका अन्तर्गत उद्योग–व्यवसाय गर्दै आएका सम्पूर्ण उद्योगी तथा व्यवसायीहरूलाई उक्त कार्यक्रममा उपस्थित भई लाभ लिन हार्दिक अनुरोध गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...