बैतडी- बैतडीको प्रसिद्ध धार्मिकस्थल शिवनाथ धाममा लाग्ने जात्राका अवसरमा शिवनाथ गाउँपालिकाले दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको छ।






गाउँपालिकाले सोमबार र मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।





शिवनाथ धाममा हरेक वर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन परम्परागत रूपमा जात्रा लाग्ने गर्दछ। यस वर्षको जात्रा सोमबारदेखि सुरु भएको छ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको शिवनाथ धामको जात्रामा दर्शन तथा पूजाआजा गर्न विभिन्न स्थानबाट भक्तजनहरू पुग्ने गर्दछन्।




