बालेनको भारत भ्रमणमा कृषि एजेन्डा : मल आपूर्ति र ग्रिन युरिया कारखानाबारे छलफल हुने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको मंसिर दोस्रो सातामा हुने भनिएको भारत भ्रमणमा कृषि क्षेत्रका महत्वपूर्ण विषयले प्राथमिकता पाउने भएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुपन्छी तथा मत्स्य विकासमा सहकार्य, रासायनिक मल आपूर्ति, कृषि अनुसन्धान र बिउबिजनको सहज पहुँचलगायत विषयलाई एजेन्डाका रूपमा प्रस्ताव गरेको छ।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल–भारतबीच पशुपन्छी तथा मत्स्य विकाससम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने तयारी छ। त्यस्तै, म्याद समाप्त भइसकेको रासायनिक मलसम्बन्धी पुरानो समझदारीलाई नवीकरण गर्ने विषयमा पनि छलफल हुन सक्नेछ।

Navadurga sun

नेपालमा रासायनिक मलको दीर्घकालीन समस्या समाधान गर्न स्वदेशमै ग्रिन युरिया कारखाना स्थापना गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ। यसका लागि मन्त्रालयले वार्षिक करिब पाँच लाख मेट्रिक टन ग्रिन युरिया उत्पादन गर्न आवश्यक लगानी, लागत, प्रविधि र सम्भावित लगानीकर्ताबारे विवरण संकलन गरिरहेको छ।

कारखाना सरकारी, सार्वजनिक–निजी साझेदारी (पीपीपी) वा निजी क्षेत्रको लगानीमा स्थापना गर्ने भन्ने विषय अध्ययनपछि टुंगो लगाइने मन्त्रालयको भनाइ छ।

कृषि अनुसन्धान क्षमता अभिवृद्धि, उन्नत बिउबिजनमा पहुँच र कृषि व्यापारका विषय पनि भारतसँग छलफल हुन सक्ने मन्त्रालयले जनाएको छ।

भ्रमणको औपचारिक एजेन्डा भने मन्त्रिपरिषद्बाट अनुमोदन हुन बाँकी छ।

ADD Khali jpg
Loading...