गोदावरीमा छाडा चौपायाको समस्या बढ्दो, किसानको धानबाली जोखिममा

लक्ष्मी भट्ट/अत्तरिया- गोदावरी नगरपालिकाका विभिन्न बजार तथा ग्रामीण क्षेत्रमा पछिल्लो समय छाडा चौपायाको समस्या बढ्दै गएको छ। विशेषगरी रातिको समयमा बजार क्षेत्रबाट गाउँतर्फ छिर्ने छाडा चौपायाले किसानले लगाएको धानबालीमा क्षति पुर्‍याउन थालेका छन्।

स्थानीय किसान राजकुमार चौधरीका अनुसार रातिको समयमा सडकमा ४०–५० वटासम्म चौपाया जम्मा भएर सडक नै अवरुद्ध हुने अवस्था देखिने गरेको छ। उहाँका अनुसार सडकमा बस्ने चौपाया रात परेपछि गाउँ तथा खेतबारीमा प्रवेश गर्दा किसानको बालीनालीमा ठूलो क्षति पुग्ने गरेको छ।

Navadurga sun

गोदावरी नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि सडकमा देखिने चौपायाको ठूलो जमातले ती कार्यक्रम अपेक्षाकृत प्रभावकारी हुन नसकेको देखाउँछ।

छाडा चौपायाको समस्या समाधानका लागि स्थानीयवासीले पनि सहकार्य गर्नुपर्ने आवश्यकता देखिएको छ। समुदायस्तरबाट छाडा चौपाया संकलन गरी नगरपालिकाले तोकेको स्थान वा टहरासम्म पुर्‍याउन सहयोग गर्न सके व्यवस्थापनमा सहजता आउन सक्छ।

किसानको रगत र पसिनाले हुर्काएको बालीनाली क्षणभरमै चौपायाले नष्ट गर्न सक्ने भएकाले नगरपालिकाले छाडा चौपाया व्यवस्थापनलाई थप प्रभावकारी र दीर्घकालीन बनाउन आवश्यक देखिन्छ। अन्यथा किसानले महिनौँदेखि देखेको मेहनत र भविष्यको सपना नै क्षणभरमा खरानी बन्न सक्ने जोखिम छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...