गेटा आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्षमा यज्ञराज चौधरी नियुक्त

अत्तरिया- नेपाल नेत्र ज्योति संघले गेटा आँखा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा यज्ञराज चौधरीलाई नियुक्त गरेको छ। लामो समयदेखि समाजसेवामा सक्रिय चौधरी यसअघि सोही अस्पताल व्यवस्थापन समितिको उपाध्यक्षका रूपमा कार्यरत थिए। संघको वर्तमान केन्द्रीय कार्यसमितिले उनलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

चौधरीको नियुक्तिसँगै अस्पतालको सेवा विस्तार, व्यवस्थापन सुदृढीकरण तथा गुणस्तरीय नेत्र उपचार सेवालाई अझ प्रभावकारी र सर्वसुलभ बनाउने अपेक्षा गरिएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...