अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको शिक्षा शाखा प्रमुखको जिम्मेवारी उप–सचिव हरिस पन्तले सम्हालेका छन्। गौरीगंगा नगरपालिकाबाट सरुवा भएर आएका पन्तले सोमबारदेखि औपचारिक रूपमा जिम्मेवारी ग्रहण गरेका हुन्।
नगरपालिकाले आयोजित स्वागत कार्यक्रममा नवनियुक्त शिक्षा शाखा प्रमुख पन्तलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनको अनुभवले नगरको शैक्षिक विकास, विद्यालय व्यवस्थापन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

यसअघि शिक्षा शाखा प्रमुख रहेका उप–सचिव वसन्त खत्रीको सरुवा भएपछि उक्त शाखाको नेतृत्व अस्थायी रूपमा प्रयागराज जोशीले सम्हाल्दै आएका थिए। पन्तको आगमनसँगै शिक्षा शाखाले स्थायी नेतृत्व पाएको नगरपालिकाले जनाएको छ।
नयाँ नेतृत्वले सामुदायिक विद्यालयको गुणस्तर सुधार, शैक्षिक प्रशासनलाई व्यवस्थित बनाउने, शिक्षक तथा विद्यालयसँग समन्वय बढाउने र स्थानीय तहको शिक्षा व्यवस्थापनलाई थप प्रभावकारी तथा सेवामुखी बनाउने कार्यलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
