देशभर मनसुन सक्रिय, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ।

यसको प्रभावस्वरूप बागमती, गण्डकी, कोशी, कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।

Navadurga sun

आज दिउँसो देशभर सामान्यतया बदली रहने तथा हिमाली, पहाडी र केही तराई क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्र, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर बदली रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा मधेस प्रदेशका केही क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना छ।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले नदी–खोला आसपास बसोबास गर्ने, पहिरो प्रभावित क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...