धनगढी- कैलालीको भजनी नगरपालिका–४ बिजुलियास्थित सडकमा मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
खोपाबाट बिजुलियातर्फ आउँदै गरेको से.१ प ७२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका–१२ निवासी ५६ वर्षीया गुरहनिया चौधरी गम्भीर घाइते भएकी थिइन्। उनको सिएस अस्पताल, सुख्खडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
