मुख्यमन्त्री शाहको बजेट प्रस्ताव नेकपाद्वारा अस्वीकार

धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्न सहयोग गर्न प्रमुख प्रतिपक्षी नेकपालाई प्रस्ताव गरे पनि नेकपाले उक्त प्रस्ताव अस्वीकार गरेको छ।

Ganyapdhura gau
Dadhaldhura pur

एमालेले बजेटमा खर्च कटौती प्रस्ताव फिर्ता नलिएपछि मुख्यमन्त्री शाहले एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका थिए। त्यसलगत्तै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ, जसका कारण शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ।

Navadurga sun

नेकपा संसदीय दलका नेता खगराज भट्टले अहिलेको बजेट यथास्थितिमा पारित गर्न नसकिने स्पष्ट पारेका छन्। उनले मुख्यमन्त्रीले सत्ता सहकार्यको प्रस्ताव समेत राखे पनि तत्काल स्वीकार गर्ने अवस्था नरहेको बताएका छन्। नेकपाले प्रदेशसभाको सबैभन्दा ठूलो दलका रूपमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने पहल अघि बढाउने जनाएको छ।

भट्टका अनुसार संघीय लोकतान्त्रिक पक्षधर शक्तिहरूलाई एकताबद्ध बनाउने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनअनुसार कांग्रेस र एमालेलाई समेत समेटेर नयाँ सरकार गठनको प्रयास गरिनेछ। बजेट विवादपछि सुदूरपश्चिम प्रदेशको राजनीतिक समीकरण फेरिने सम्भावना बढेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...