क्षमताभन्दा बढी विद्यार्थी बोकेको स्कुल बस कारबाहीमा

धनगढी- कैलालीमा सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेको स्कुल बसलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। अस्थायी ट्राफिक प्रहरी पोस्ट फूलबारीले फूलबारी एकेडेमीको विद्यालय बसलाई नियन्त्रणमा लिई २ हजार रुपैयाँ जरिवाना गरेको हो।

अस्थायी ट्राफिक प्रहरी पोस्ट फूलबारीका इन्चार्ज भुवन सिंहका अनुसार केही विद्यालय बसले ट्राफिक नियम उल्लङ्घन गरेको गुनासो बढेपछि नियमित चेकजाँचलाई थप कडा बनाइएको छ। प्रहरीले विद्यालयहरूलाई सवारी सुरक्षा मापदण्ड पालना गर्न र सिट क्षमताभन्दा बढी विद्यार्थी नबोक्न आग्रह गरेको छ

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...