आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने

देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा तथा मधेससहित तराईका धेरै क्षेत्रमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

Navadurga sun

आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिममा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारीदेखि धेरै भारी तथा केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिमबाट सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...