कैलालीको गोदावरी-७ लालपुरमा होलीको रौनक

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं ७ लालपुरमा होलीको रौनक सुरु भएको छ । स्थानिय शिव होली समुह र युवा संजालका अम्मरराज पाठक, खडक ओली लगाएका युवाहरुको आयोजनामा आजवाट होलीको रौनक सुरु भएको हो ।

उक्त होली कार्यक्रमको सुदूरपश्चिम प्रदेशकोे सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले उद्धघाटन गरेका हुन् । लोपउन्नमुख अबस्थामा रहेको पुरानो परम्परा र होलीमा खेलिने होली खेलको संरक्षण एबम् सम्बद्धन गर्नका लागि आईतबार र सोमबार २ दिन होली खेल सुरु गरिएको युवा संजालका अध्यक्ष अम्मरराज पाठकले जानकारी दिए । उनले सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लावाट प्रख्यात देउडियाहरु बोलाएर भब्य कार्यक्रम गर्ने योजना बनाएको भएपनि कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सबैलाई सामाजिक दुरी कायम गर्न आग्रह गर्दै सामान्य कार्यक्रम गरेको बताए ।

Navadurga sun

उनले पछिल्लो समयमा होलीमा विकृति बिसंगतीहरु भित्रिरहेकाले त्यस्ता बिकृतिहरुलाई हटाउदै आखिर होली पर्व के हो, किन मनाइन्छ , कसरी मनाईन्छ भन्ने बिषयमा सबैले बुझ्न जरुरी रहेको बताए । उनले होली पर्व भित्र ठूलो रहस्या लुकेर बसेकाले यसलाई खेलका माध्यामहरुवाट बाहिर ल्याउने आफुहरुले प्रयास गरिरहेको बताए । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली फागु खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । खाली एक आपसमा रङ लगाएर मात्रै होली पर्व नहुने भन्दै अध्यक्ष पाठकले यसमा भगवान श्रीकृष्णका गितहरु गाउदै उक्त कथामा जोडिएका कुराहरु गित मात्रै उतारिने बताए । यस्तै उनले अहिलेका युवा पुस्तालाई होली पर्वका बिषयमा जानकारी गराउन ५० जना युवालाई आगामी दिनमा प्रशिक्षण दिने योजना समेत रहेको बताएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...