एकल महिलालाई आत्मनिर्भर बनाउन गोदावरीमा व्यावसायिक बेसार खेती तालिम सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा एकल महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यका साथ तीन दिने व्यावसायिक बेसार खेतीसम्बन्धी तालिम शनिबारदेखि सुरु भएको छ। शैलेश्वरी रिसर्च एण्ड कन्सल्टिङ प्रालिको आयोजनामा तथा गोदावरी नगरपालिकाको सहयोगमा तालिम सञ्चालन गरिएको हो।

मानव अधिकारका लागि महिला एकल महिला समूहकी प्रदेश कार्यक्रम अधिकृत वेद अवस्थीका अनुसार तालिमको उद्देश्य एकल महिलालाई सीपमूलक कृषि व्यवसायमा जोड्दै आर्थिक सशक्तीकरण गर्नु हो। तालिमको उद्घाटन गोदावरी नगरपालिकाकी नगर उप–प्रमुख शारदादेवी रोकायाले गर्दै तालिमबाट सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न आग्रह गरिन्। उनले समूह बनाएर व्यावसायिक बेसार खेती सुरु गर्ने एकल महिलालाई नगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरिन्।

Navadurga sun

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष चेतराज अवस्थीले एकल महिलाहरूको क्षमता विकासका लागि तालिम आयोजना गरिएकोमा आयोजक र सहयोगी संस्थालाई धन्यवाद दिँदै अब एकल महिलाहरू आत्मनिर्भर भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

मानव अधिकारका लागि महिला एकल महिला समूहका जिल्ला अध्यक्ष मन्दोदरी भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा समूहकी गोदावरी नगर सचिव जानकी बोहराले स्वागत मन्तव्य राखेकी थिइन्। तालिमको सहजीकरण प्रदेश कार्यक्रम अधिकृत वेद अवस्थीले गरिरहेकी छन्।

तालिममा समूहकी प्रदेश अध्यक्ष भगवती हमाल, गोदावरी नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रभा हमाल, कृषि शाखा प्रमुख प्रशिक्षक नन्दी मल्ल, हेमराज भट्ट र करुणा चन्दले प्रशिक्षण दिनेछन्। अत्तरियामा सञ्चालन भइरहेको तालिममा वडा नम्बर २, ३, ५, १० र ११ का एकल महिलाहरू सहभागी छन्।

यसैबीच, गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित जमुना नगरमा पनि शनिबारदेखि एकल महिलाहरूका लागि तीन दिने व्यावसायिक बेसार खेती तालिम सुरु भएको छ। समूहकी प्रदेश अध्यक्ष भगवती हमालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर उप–प्रमुख शारदादेवी रोकाया प्रमुख अतिथि तथा वडा नम्बर ७ का वडा अध्यक्ष कलापति साउँद विशिष्ट अतिथि रहेका थिए।

उक्त कार्यक्रममा तालिमको उद्देश्यबारे प्रदेश कार्यक्रम अधिकृत वेद अवस्थीले जानकारी गराएकी थिइन् भने कार्यक्रम सञ्चालन तारा चौधरीले गरेकी थिइन्। जमुना नगरमा सञ्चालन भइरहेको तालिममा वडा नम्बर ४, ६, ७, ८ र ९ का एकल महिलाहरूको सहभागिता रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...