धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले सहभागी हुने भएको छ। एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ।


एमाले संसदीय दलले चक्रबहादुर मल्ललाई आर्थिक मामिला मन्त्रालय र सन्तोष शर्मा थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गरेको छ।

त्यस्तै, दमन भण्डारीलाई नेकपासँगको छलफलपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमध्ये एकको जिम्मेवारी दिने तयारी गरिएको छ।
राज्यमन्त्रीका रूपमा जानकी ऐर बमलाई सिफारिस गरिएको छ। एमालेका मन्त्रीहरूले आज मुख्यमन्त्रीसहित शपथ लिने कार्यक्रम रहेको जनाइएको छ।
