शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ अभियान

काठमाडौं- शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ।

मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम आज शनिबार विराटनगरमा हुँदैछ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा बिहान ११ बजे कार्यक्रम आयोजना गरिनेछ।

Navadurga sun

अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेसको जनकपुर, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटालगायत सहभागी हुनेछन्। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य सरोकारवालाबाट सुझाव र धारणा संकलन गरिनेछ।

शिक्षा ऐन निर्माण प्रक्रियालाई थप सहभागितामूलक र प्रभावकारी बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...