जेठमा अत्तरिया ट्राफिकद्वारा ३ हजार बढी सवारी कारबाही, २७ लाख ५४ हजार राजस्व संकलन

लक्ष्मी भट्ट/अत्तरिया- नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीले २०८३ साल जेठ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार १ सय ९५ सवारी साधनमाथि कारबाही गर्दै २७ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

Dadeldhura hospital

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सीताराम बिष्ट का अनुसार ट्रक ४३६ वटाबाट ४ लाख ५१ हजार, बस १९४ वटाबाट २ लाख ९ हजार ५ सय, जिप ८१५ वटाबाट ७ लाख ४८ हजार, ट्र्याक्टर २९६ वटाबाट २ लाख ३५ हजार ५ सय, मोटरसाइकल तथा स्कुटी १ हजार ७० वटाबाट ७ लाख ७५ हजार ५ सय र अन्य ३८४ सवारी साधनबाट ३ लाख ३४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको हो ।

Navadurga sun
Godawari sandesh

प्रहरी निरीक्षक बिष्टले एकै महिनामा साढे २७ लाख रुपैयाँभन्दा बढी राजस्व उठ्नु सकारात्मक भए पनि ठूलो सङ्ख्यामा सवारी साधनले ट्राफिक नियम उल्लङ्घन गरेको तथ्यले चिन्ता बढाएको बताए । उनले सबै सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र कारबाहीमा नपर्न आग्रह गरेका छन् ।

उक्त तथ्याङ्कले सुदूरपश्चिम प्रदेश मा अझै पनि ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृत्ति विद्यमान रहेको स्पष्ट पारेको छ ।

Loading...