न्यू सृजनशील युवा क्लबद्वारा आयोजित वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरु

अत्तरिया- गोदावरी नगरपालिका वडा नं. १ अत्तरिया स्थित न्यू सृजनशील युवा क्लबको आयोजनामा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता २०८३ शुक्रबारदेखि सुरु भएको छ। खेलकुद विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उद्घाटन गोदावरी नगरपालिका वडा नं. १ का वडाध्यक्ष तथा नगर प्रवक्ता गोपालदत्त भट्ट ले गरेका हुन्।

उद्घाटन दिनको पहिलो खेल आयोजक क्लब (बि) टिम र बल्मी युवा क्लब, वडा नं. ९ बीच सम्पन्न भएको थियो। २५ अंकका तीन सेटमा खेलाइएको प्रतिस्पर्धात्मक खेलमा आयोजक टोली विजयी भएको छ। आयोजकले पहिलो सेट जितेको थियो भने दोस्रो सेटमा पराजित भएको थियो। निर्णायक तेस्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै बल्मी युवा क्लबलाई २१ अंकमा रोक्दै आयोजक (बि) टिमले प्रतियोगिताको पहिलो जित दर्ता गर्यो।

Navadurga sun

प्रतियोगिताअन्तर्गत शनिबार बिहान ८ बजे आयोजक (ए) टिम र गोदावरी नगरपालिका वडा नं. १० बीच पहिलो खेल हुनेछ। त्यसपछि बिहान १० बजे टिम बुढीतोला र हाटखोलीबीच दोस्रो खेल सञ्चालन हुने आयोजकले जनाएको छ। नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेता टोलीलाई रु. २५ हजार तथा उपविजेता टोलीलाई रु. १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ। साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...