डडेल्धुरामा ९३ हजार भन्दाबढी रुपियाँसहित २२ जना जुवाडे पक्राउ

डडेल्धुरा, ४ कार्तिक– डडेल्धुरामा जुवा खेलिरहेका २२ जना पक्राउ परेका छन्। प्रहरीले बुधबार राति जिल्लाको अमरगढी नगरपालिका वडा नं. ५ जिलोडास्थित पदमराज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा सोही नगरपालिका नं. ४ बस्ने ५० वर्षीय ईन्द्रबहादुर थापा लगायत २२ जनालाई पक्राउ गरेको हो।

Ganyapdhura gau
Dadeldhura hospital

ओझाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ९ सय ६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Navadurga sun
Godawari sandesh

पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। पक्राउ परेका अन्यको नाम भने प्रहरीले गोप्य राखेको छ।

Couple
Loading...