नेपाली कांग्रेसको सुदूरपश्चिम भेला भोलीदेखि धनगढीमा सुरु हुने

धनगढी- नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा आयोजना गर्ने भएको छ। विशेष महाधिवेशनपछि पार्टीले प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो। भेला शनिबार र आइतबार सञ्चालन हुनेछ ।

शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले भेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। भेलालाई गगनकुमार थापा लगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Navadurga sun

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले प्रदेशस्तरीय प्रशिक्षण भेलामा २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको विस्तृत समीक्षा गरिने बताए। साथै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यसम्पादनबारे पनि छलफल हुने जानकारी दिए।

उनका अनुसार भेलामा पार्टीका उपसभापति विश्वप्रकाश शर्मा सहभागी भइसकेका छन् भने सभापति गगनकुमार थापा शनिबार बिहान धनगढी पुग्ने कार्यक्रम छ। विशेष महाधिवेशनपछि कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिम प्रदेशमा हुन लागेको पहिलो समीक्षा भेलाका रूपमा यस कार्यक्रमलाई चासोका साथ हेरिएको छ।

यसअघि प्रतिनिधि सभा निर्वाचनका क्रममा गगनकुमार थापासहितका नेताहरूले सुदूरपश्चिम प्रदेशमा चुनावी सभा गर्न प्रयास गरे पनि आन्तरिक समन्वय अभावका कारण कार्यक्रम हुन नसकेको बताइन्छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...