बाजुरामा चट्याङ लागेर ३९ वटा बाख्रा मरे, थप ३९ बेपत्ता

बाजुरा- बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका–१ रानीसैन वनमा चट्याङ लागेर ३९ वटा बाख्रा मरेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुधबार दिउँसो परेको चट्याङका कारण बाख्राहरू घटनास्थलमै मरेका हुन्।

दिउँसो करिब ४ बजे भारी वर्षा भएपछि किसानहरूले बाख्रालाई वनभित्र रहेको राउटे ओडारमा ओत लगाएका थिए। सोही क्रममा चट्याङ लाग्दा बाख्राहरूको ज्यान गएको प्रहरीले जनाएको छ।

Navadurga sun

प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार मरेका बाख्रामध्ये सज्जन कडाराका ११ र जसवीर रावलका २८ वटा बाख्रा रहेका छन्।

यसैबीच, कडाराका १५ र रावलका २४ गरी थप ३९ बाख्रा बेपत्ता रहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...