कैलाली भन्सारले नौ महिनामा ६ अर्बभन्दा बढी राजस्व सङ्कलन

धनगढी- कैलाली भन्सार कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा रु ६ अर्ब ३२ करोड ७१ लाख राजस्व सङ्कलन गरेको छ।

सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त रकम सङ्कलन भएको हो। सो अवधिमा भन्सार कार्यालयले भन्सार महसुलतर्फ रु २ अर्ब २९ करोड ४१ लाख, मूल्य अभिवृद्धि कर (VAT) तर्फ रु २ अर्ब ५२ करोड २४ लाख, अन्तःशुल्कतर्फ रु ११ करोड ९९ लाख तथा अन्य शीर्षकमा रु १ अर्ब ३९ करोड ५ लाख राजस्व सङ्कलन गरेको छ।

Navadurga sun

कार्यालयको चालु आर्थिक वर्षमा कुल रु ९ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ। नौ महिनामा सङ्कलन भएको रकम लक्ष्यको ६५.१५ प्रतिशत रहेको छ।

सूचना अधिकारी तिमिल्सिनाका अनुसार चैत बाहेक कुनै पनि महिनामा मासिक लक्ष्य पूरा हुन सकेको छैन। साउनदेखि फागुनसम्मका अधिकांश महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको देखिएको छ।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले रु ११ अर्ब १६ करोड २६ लाख लक्ष्य राखेकोमा रु ८ अर्ब ६६ करोड ९८ लाख मात्र सङ्कलन गर्न सकेको थियो, जुन लक्ष्यको ७७.६७ प्रतिशत हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...